Logo

Breaking News 1

सदनको अवरोधप्रति राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग छलफल


२६ श्रावण २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ ।

सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन भएका छलफल प्रयासबारे जानकारी लिए । भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ११ : २६ बजे