काठमाडौं । मकवानपुरको हेटौंडामा डेंगु संक्रमणबाट आज एक जनाको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो ।
तीन दिनअघि परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएपछि ती व्यक्ति मंगलबार अस्पताल भर्ना भएका थिए। बुधबार मात्रै थप उपचारका लागि भरतपुर लगिएकोमा उनको उपचारको क्रममा बिहीबार ज्यान गएको हो ।
प्रतिक्रिया