Logo

Breaking News 1

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय



काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएकाे छ ।

इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् । फैसलापछि खानलाई लाहोरस्थित घरबाटै हिरासतमा लिइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ०४ बजे