काठमाडौँ । नेकपा माओवादी केन्द्रको बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकमा सदस्यहरूले पार्टी संगठन र सरकारका कामबारे नेतृत्वको आलोचना गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश सदस्यहरूले पार्टीको पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा नेतृत्वको आलोचना गरेका हुन् ।
बैठकको शुरुमै अध्यक्ष दाहालले संगठनात्मक संरचना, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई चुस्त र व्यवस्थित बनाउने लगाएतका विषय समेटेर प्रस्ताव पेश गरेका थिए ।
यसअघि माओवादीको केन्द्रीय समिति बैठक २०७९ असार १९ देखि २५ सम्म बसेका थियो । बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी कमिटिका नेताहरूले विरोधपछि निर्णय सच्याइएको थियो ।
प्रतिक्रिया