काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने सम्भावना बढेको छ ।
३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयलाई अर्थ मन्त्रालयले सहमति दिएको हो । ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिको राय दिएर गृह मन्त्रालयमा पठाएको बताइएको छ ।
कानुन बनेको १ वर्षपछि लागू गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन अर्थले राय दिएको हो । सअघि ३० वर्षे सेवा अवधि हटाउन २०७९ मंसीरमा पनि अर्थ मन्त्रालयले सहमति दिएको थियो ।
प्रतिक्रिया