Logo

मुख्य समाचार

जानकी फाइनान्सको साधारणसभा बस्दै



काठमाडाैं । जानकी फाइनान्सको शनिबार साधारणसभा बस्दैछ । कम्पनीले २६ औं सभा बोलाएको हो । यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरणसम्बन्धी एजेन्डा छैन ।

कम्पनीले गत वर्ष भने १५ प्रतिनिधि बोनस सेयर र कर तिर्न ०।७९ प्रतिनिधि लाभांश वितरण गरेको थियो । साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दै छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा, मसाला कटेज, तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ । १ साउनसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : ०० बजे