बैतडी । आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् ।
घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएका इलाका प्रहरी कार्यालय जानाएकाे छ ।
प्रतिक्रिया