पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरूको कथित दुरुपयोग मुद्दामा २०२४ मे २० देखि सुनुवाइ हुने भएको छ । न्यायाधीश इलिन क्याननले मिति अमेरिकी राष्ट्रपतिको चुनावअघि फैसला हुनेगरी सुनुवाइको मिति तय गरेका हुन् ।
सन् २०२४ नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । ट्रम्प निर्वाचनपछि मात्रै मुद्दा चलोस् भन्ने चाहन्थे। तर अभियोजनले निर्वाचनअघि नै मुद्दा चलाउन चाहेको थियो ।
ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो घरमा ह्वाइट हाउसका संवेदनशील फाइल राखेको गम्भीर आरोप छ । सरकारी वकिलहरूले पद छोडेपछि अवैध रूपमा गोप्य कागजातहरू राखेको र सरकारले फिर्ता लिन खोज्दा उनको काममा अवरोध गरेको अभियोजकहरूले आरोप लगाएका छन् ।
सन् २०२१ को जुलाईमा न्युजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्तिसँग छलफल गरेको श्रव्य सामग्री मिडियामा सार्वजनिक समेत भएको थियो।
प्रतिक्रिया