काठमाडौं । सरकारले बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन आवेदन खुला गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।
नेपाल र बेलायतबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।
श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोर्टल समेत बनाएको छ । बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि अक्टोबर १९ सम्ममा अर्थात् तीन महिना भित्रमा बेवसाइटमार्फत् अनलाइन आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया