काठमाडौ । हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने भएको छ ।
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख २२ हजार ७८९ कित्ताका लागि मात्र आवेदन परेको छ ।
यसआधारमा १५ लाख ७७ हजार २११ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर हिमाल दोलखाले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
प्रतिक्रिया