काठमाडाैं । आज मिति २०८० साउन ५ गते, शुक्रवार, २१ जुलाई २०२३। अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि। मघा नक्षत्र, १२ः३२ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि– सिंह।
मेष राशि
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।
बृष राशि
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। बिनाकारण आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले पनि निराश तुल्याउन सक्छ।
मिथुन राशि
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् ।
कर्कट राशि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ।
सिंह राशि
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
कन्या राशि
खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ।
तुला राशि
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ।
बृश्चिक राशि
आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ। उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ। महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ।
धनु राशि
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्।
मकर राशि
चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना सूचना बाहिरिनाले समस्या पर्नेछ।
कुम्भ राशि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।
मीन राशि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। रोग वा शत्रुबाधा देखापर्ने हुँदा काम रोकिन सक्छ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला।
प्रतिक्रिया