Logo

Breaking News 1

मिटरव्याजसम्बन्धी विधेयक संसदबाट पारित



काठमाडौँ । मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट समेत सर्वसम्मत पारित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गर्ने प्रस्ताव गरेका थिए ।

मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाई नदिने वा लिखत नबनाउने कार्यलाई कसुर ठहर गरेको छ ।

त्यस्तै साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने, शोषण गर्ने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पुर्यातएमा पनि कसुर गरेको ठहरिने व्यवस्था गरिएको छ ।

विधेयकमा १४ जना सांसदले संशोधन प्रस्ताव दर्ता भएको थियो। त्यसमध्येका केही संशोधनलाई भने सरकारले स्वीकार गरेको छ । यसअघि मिटरव्याजसम्बन्धी अध्यादेश प्रतिस्थापन हुन नसक्दा निश्क्रिय भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : २७ बजे