काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा बुधबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर आईपीओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणमा निष्काशन तथा बिक्री खुल्ला गरिने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
प्रतिक्रिया