Logo

धर्म / संस्कृति

यस्ताे छ आजकाे राशिफल



आज मिति २०८० असार २५ गते, सोमबार, १० जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष अष्टमी तिथि। रेवती नक्षत्र। चन्द्राशि– मीन।

मेष राशि

परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।

बृष राशि

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मिथुन राशि

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ।

कर्कट राशि

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

सिंह राशि

अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।

कन्या राशि

तारिफयोग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

तुला राशि

शत्रुहरू स्वतस् किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।

बृश्चिक राशि

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन्।

धनु राशि

तत्कालको सानो फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्।

मकर राशि

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ।

कुम्भ राशि

सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ।

मीन राशि

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। दिन रमाइलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका प्रियजन भेटिनेछन्।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ५ : ३९ बजे