Logo

धर्म / संस्कृति

तपाईंकाे आजकाे राशिफल



आज मिति २०८० असार २३ गते, शनिवार, ८ जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष पञ्चमी तिथि, प्रातः ५ः३३ बजेपछि षष्ठी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ, २०ः४३ बजेपछि मीन।

मेष राशि

पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

बृष राशि

नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, लगनशीलताले काम सम्पादन हुनेछ।

मिथुन राशि

धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

कर्कट राशि

स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

सिंह राशि

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कन्या राशि

केही चुनौतीहरू देखिनेछन्। पेसा–व्यवसायमा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिन सक्छ।

तुला राशि

परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ।

बृश्चिक राशि

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।

धनु राशि

सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

मकर राशि

खर्च हुने डरले सताउन सक्छ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

कुम्भ राशि

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

मीन राशि

अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ५ : ५३ बजे