Logo

मुख्य समाचार

समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्ने



काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने भएको छ ।

मोर्चाको पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा शनिबार अपराह्न ४ बजे बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । मोर्चामा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

मोर्चा घोषणा भएको झण्डै एक महिनापछि पहिलोपटक बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ०९ बजे