काठमाडौ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले बढ्दै १ लाख १० हजार ७०० रुपैयाँ पुगेको छापावाला सुनको मूल्य शुक्रबार पुन: १०० रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा १०० रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै शुक्रबार १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया