Logo

मनोरञ्जन

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परे अभिनेता सारुक ताम्राकार



काठमाडाैं । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार काठमाडौं रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा ताम्राकारको शव फेला परेको हो । अहिले उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् । उनल ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ३५ बजे