काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बस्ने । बैठक दिउँसो १२ः३१ बजे बोलाइएको छ ।
आजकाे बैठकमा विनियोजन विद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ । आजकाे बैठकमा विनियोजन विद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेटमाथि छलफल हुनेछ ।
त्यस्तै, प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बस्ने छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुने छन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विद्येयक २०८० माथिको दफाबार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेस गर्ने छन् ।
प्रतिक्रिया