काठमाडौं । बाढी र पहिरोका कारण हाल तीनवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ ।
मेची राजमार्ग, तमोर करिडोर र कोसी राजमार्ग अवरुद्ध रहेकाे सडक विभाग उल्लेख गरेकाे छ ।
विभागका अनुसार एकतर्फी अवरुद्ध भएका सडकको संख्या १३ छ । अवरुद्ध भएर खुलेका सडकको संख्या ५४ रहेको सडक विभागले जनाएको छ । यो वर्ष हालसम्म ७२ वटा सडकखण्ड अवरुद्ध भइसकेका छन् ।
प्रतिक्रिया