Logo

समाचार

जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ



काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-५ जम्बुडाँडा डेरा गरी बस्ने सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-१ घर भएका ३९ वर्षीय सार्की तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ९ सय ६० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : ४६ बजे