Logo

Breaking News 1

बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन



काठमाडौं । आइतबार सर्वोच्चमा मेयर शाहविरूद्ध अवहेलनाको निवेदन परेको हो । अधिवक्ता वर्षाकुमार झाले मेयर शाहविरूद्ध निवेदन दिएकी हुन्। उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलाशमा परेको छ।

मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणी गरेका थिए। हलमा हिन्दी फिल्म चलाउन उच्च अदालतले अन्तरिम आदेश दिएपछि शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए।

उनले भनेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : १५ बजे