Logo

Breaking News 1

प्रतिनिधिसभामा नयाँ अभ्यासकाे सुरुवात गर्दै प्रदेश सांसदको शोक प्रस्ताव



काठमाडौं । प्रतिनिधिसभामा बुधबारबाट नयाँ अभ्यास सुरुवात भएको छ ।  प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु गरेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको नीजि सचिवालयले जनाएको छ ।

सोही अनुसार बुधबारको प्रतिनिधि सभा बैठकमा बझाङ १ (क) बाट निर्वाचित सुदूरपश्चिमसभा सदस्य पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

प्रदेश मन्त्री समेत रहेका सिहंको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।  बुधबारै बसेको दोस्रो बैठकमा बजेटमाथिको छलफल जारी छ ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ३६ बजे