Logo

अर्थ

रोकियो घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया



काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो ।

योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद थप गरेको जनाएकोे थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ५ : २९ बजे