काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले आज पनि पाँचथर, ताप्लेजुङ र संखुवासभासहित ८ जिल्ला भई वहने नदी/खोलामा बाढी आउने सम्भावना रहेकाले उक्त नदी÷खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।
यसमा पनि पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ भने बाँकी जिल्ला भई बग्ने नदीमा मध्यम जोखिम रहेको बाढी महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ । महाशाखाका अनुसार आज भोलि र पर्सि मंगलबार तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ ।
प्रतिक्रिया