Logo

Breaking News 1

खाँण र रायमाझीसहितका १६ जनालाई कारागार पठाउने आदेशमा के छ ? (पुर्णपाठ)



काठमाडौं । नक्कली शरणर्थी प्रकरणका अभियुक्तमध्ये १६जना जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले शरणार्थी प्रकरणमा इन्कारी वयान दिएका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

आदेशमा भुटानी शरणार्थी समस्या समाधानका लागि बनेको बालकृष्ण पन्थी कार्यदलले बुझाएको प्रतिवेदनको नक्कली कपी बालकृष्ण खाँणकै पालामा गृह मन्त्रालयमा तयार भएको ठहर गर्दै कारागार चलान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : २३ बजे