Logo

Breaking News 1

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएसँगै एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ।

फौजदारी अभियोगमा पुर्पक्षमा थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्थाअनुसार रायमाझीको पद निलम्बनमा परेको हो । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ को व्यवस्थाअनुसार फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवा सुविधा समेत रोकिने प्रावधान छ।

निलम्बित सांसदको चुनाव क्षेत्रमा उपनिर्वाचन भने हुँदैन ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : १० बजे