काठमाडाैं । यू- २० फिफा विश्वकप पुरुष फुटबलको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा भएको फाइनलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले उपाधि उचालेको हो ।
अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको ८६ औं मिनेटमा उरुग्वेले गोलको खडेरी तोडेको थियो । उरुग्वेका लुसियानो रोड्रिगेजले गोल गर्दै उपाधि नै दिलाए । उरुग्वेले फाइनल खेलेको तेस्रो पटकमा उपाधि उचलेको हो ।
यसअघि मलेसियामा भएको फाइनलमा १९९७ मा अर्जेन्टिनासँग पराजित भएको थियो भने २०१३ मा टर्कीमा फाइनल खेल्दा फ्रान्ससँग पराजित भएको थियो ।
इटाली पनि पहिलो पटक फाइनल खेलेको थियो । इटाली २०१७ मा भने तेस्रो स्थानमा रहेको थियो । फिफा यू २० विश्वकप सर्वाधिक जित्ने राष्ट्र अर्जेन्टिना हो भने दोस्रो स्थानमा ब्राजिल रहेको छ । अर्जेन्टिनाले सर्वाधिक ६ पटक उपाधि जितेको छ । ब्राजिलले भने ५ पटक जितेको छ ।
प्रतिक्रिया