Logo

Breaking News 1

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटबारे संसद्मा उठेका प्रश्नकाे जवाफ दिँदै अर्थमन्त्री



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएकाे छ । आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची रहेकाे छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् ।

संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो । बजेटमाथिको छलफल आइतबार सकिएको थियो । बजेटको सत्तारुढ दलका सांसदहरूले नै प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : ३६ बजे