काठमाडाैं । एएफसी यू-२० महिला एसिया कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बलियो टोली चीनको सामना गर्दैछ ।समूह बी मा घरेलु टोली म्यानमारसँग पहिलो खेलमा पराजित भएको नेपालको लागि अन्तिम चरणमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ । तर बलियो चीनलाई हराउनु नेपालको लागि ठूलो चुनौती छ ।
नेपाल र चीनबीचको खेल म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । पहिलो खेलमा चाइनिज ताइपेइलाई १-० ले हराएको चीन लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
यस्तै मुख्य प्रशिक्षक याम गुरुङले चीन एसियाकै राम्रो टिममध्ये रहेकोले डिफेन्समा केन्द्रित हुँदै काउन्टरमा ध्यान दिने बताए । समूह बी मा चीनले ३ अंक जोड्दा नेपाल अंकविहिन छ । आजै म्यानमार र चाइनिज ताइपेइबीच पनि खेल हुँदैछ । नेपालले अन्तिम खेल चाइनिज ताइपेइसँग शनिबार खेल्नेछ । समूहको शीर्ष दुई टोली एएफसी यू-२० महिला एसिया कपमा छनोट हुनेछन् ।
प्रतिक्रिया