Logo

अर्थ

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर, युरो १४१ रुपैयाँ बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ८ : ४४ बजे