Logo

अर्थ

आर्थिक विकासमा साना तथा मझौला व्यवसायको भूमिका महत्वपूर्ण रहन्छ : मन्त्री रिजाल ।



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग, व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा मझौला व्यवसायी महासंघको पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

बुधबार साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय एसएमई दिवसको समुद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य हुनु जरूरी रहेको बताउदै मन्त्री रिजालले निजी क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरू उद्योग, व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा साना तथा मझौला व्यवसायी महासंघको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

महासंघले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा अभिप्रेरित गरेर अत्यन्तै सह्रानीय कार्य गरेको भन्दै मन्त्री रिजालले खुशी व्यक्त गरे ।

साना तथा मझौला व्यवसायको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, दक्षता अभिवृद्धि, स्वदेशी वस्तुहरूको प्रवर्द्धन, व्यवसायीक वातावरण निर्माण, बजारिकरण तथा अन्तराष्ट्रिय बजारसम्मको पहुँच स्थापना गर्ने लगायतका विषयमा मन्त्रालयले प्रभावकारी भूमिका निभाउने भन्दै मन्त्री रिजालले साना तथा मझौला व्यवसायीहरुलाई आश्‍वस्त पारे ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ९ : ३० बजे