Logo

Breaking News 1

फेरी सरकारमा सहभागी हुने तयारीमा जनमत पार्टी, माओवादीका तर्फबाट एक मन्त्री फिर्ता हुने



काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा जाने भएको छ ।

सरकार गठन हुनेबेलैमा सरकारमा सहभागी रहेको जनमत पार्टीले मन्त्रालय भागवण्डामा चित्त नबुझाएर सरकार छाडेको थियो । तर फेरी सरकारमा सहभागी हुने विषयमा जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफलमा जुटेपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको बताइएको छ ।

सरकारले पुर्णता पाइसकेको र संविधानअनुसार मन्त्रालयको संख्या बढाउन नमिल्ने भएपछि माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा लैजाने तयार शुरु भएको हो ।

माओवादीबाट अहिलेको सरकारमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती छन् ।

यसैबिच माओवादीका तर्फबाट सरकारमा सहभागी भएका सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहिबार पत्रकार सम्मेलन गर्न थालेका छन् । उनका अनुसार बिहिबार दिउँसो साढे २ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गरेर अहिलेसम्म गरेका कामको जानकारी दिने तय भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ८ : ४६ बजे