Logo

अर्थ

सानिमा जीआईसी इन्स्याेरेन्सको साधारणसभा बस्दै



काठमाडौ । सानिमा जीआईसी इन्स्याेरेन्सको पाँचौं वार्षिक साधारणसभा ३२ जेठमा  बस्ने भएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।  कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले १२ जेठमा बुक क्लोज गरिसकेको छ ।

११ जेठसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्याेरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआईसी इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ११ : २६ बजे