काठमाडौं । नेपाली नागरिकलाई अमेरिका लैजाने भन्दै ठगी गर्ने नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरुलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ ।
प्रतिक्रिया