काठमाडौँ । सरकारले शिक्षा क्षेत्रको सुधारका लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । यस्तै, १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।
विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो ।
यस्तै, यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय पनि सरकारले गरेको छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाउदै आइएको थियो ।
प्रतिक्रिया