काठमाडौं । संसदमा सरकारले पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल आज सकिदैछ ।
बजेट अधिवेशन शुरु भएपछि गत आइतबार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको थियो । लगातार भएको छलफल आज सकिने र अर्थमन्त्री डाक्टर प्रकाशरण महतले जवाफ दिने कार्यक्रम छ ।
प्रिबजेट छलफल पनि भनिने सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि जेठ ३ गते सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा संसदमा पेश गर्ने सरकारको तयारी छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।
प्रतिक्रिया