काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ ।
मङ्गलवार बसेको बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बसेको सचिवालयको बैठकले रायमाझीले सहयोग गर्नुपर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीस ब्बा गुरुङले जानकारी दिए ।
गुरुङले भने, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’
प्रतिक्रिया