Logo

अर्थ

अब कर्जाको व्याजदर मासिक रुपमा परिवर्तन गर्न पाइने



काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन गर्न पाउने भएका छन् । बैंकहरूले निक्षेपमा ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर नघटाएका बेला नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि राष्ट्र बैंकले कर्जाको न्यूनतम दर त्रैमासिक रूपमा मात्र परिवर्तन गर्न पाउने व्यवस्था गरेका कारण निक्षेपमा घटेअनुसार कर्जामा ब्याजदर घटेको थिएन ।

राष्ट्र बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न नीतिले बाधा नगर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : १५ बजे