Logo

Breaking News 1

हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुने भएका छन् ।

आज बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानमन्यायाधीश रहेका कार्कीलाई प्रधानमन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको हो। परिषद्ले सिफारिस गरेसँगै अब संसदको सुनुवाई समितिले अनुमोदन गरेपछि कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : ३७ बजे