Logo

Breaking News 1

रास्वपाले दिएको समर्थन फिर्तापछि अब सरकार के होला ?


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

रास्वपाको यस्तो निर्णयपछि अब प्रचण्ड सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भन्ने बहश शुरु भएको छ । त्यसोत रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले बहुमत भने गुम्दैन ।

अहिले पनि सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगाएतका १४९ जना सांसदको मत रहेको छ ।

अहिले समेत प्रचण्ड सरकारलाई नेपाली काङ्ग्रेसका ८७, नेकपा माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, नागरिक उन्मुक्ती पार्टीका ४, लोसपाका ४ जना सांसदको समर्थन कायम छ । जनमतका ६ सांसद छन् ।

यो बाहेक प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चा १ र स्वतन्त्र सांसद अमे्रशकुमार सिंहको पनि प्रचण्डलाई समर्थन कायमै रहेको छ । यो सबै संख्या जोड्दा १५८ सांसदको सरकारलाई समर्थन कायम रहने देखिन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ४७ बजे