काठमाडौं । एसीसी प्रिमियर कपमा ओमनले तेस्रो स्थान हात पारेको छ ।
वर्षाका कारण आइतबार खेल प्रभावित भएपछि ओमनले वरीयताका आधारमा कुवेतलाई पछि पारेको हो । नतिजापछि ओमन एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको कुवेतले ३१.३ ओभरमा १३० रन मात्रै बनाउन सक्यो । कुवेतका लागि ओपनर एडनान इड्रिसले बनाएको ३४ रन नै सर्वाधिक बन्यो ।
जवाफी ब्याटिङमा उत्रिएको ओमानले ६ ओभरमा ४१ रन बनाएको अवस्थामा वर्षा हुन थालेपछि खेल रोकिएको थियो । लामो समय पानी परेपछि सुपर ओभर पनि खेलाउन अवस्था नरहेको भन्दै अम्पाएरले खेल रद्द गरेका थिए ।
प्रतिक्रिया