Logo

Breaking News 1

रास्वपाले समर्थन फिर्ता लिए के होला प्रचण्ड सरकार ?



काठमाडौं । ठुला र स्थापित दललाई दरिलो चुनौती दिदै उपचुनावमा सिटसंख्या थप्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव भएका तीन निर्वाचन क्षेत्रमध्ये दुईमा जित निकालेको छ

जितेका दुबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अन्य सबै उम्मेदवारको मत जोड्दा हुनेभन्दा धेरै मत ल्याए । चितवनमा रवि लामिछानेले त अघिल्लो चुनावको भन्दा मत पनि बढाए ।

उपचुनावको मत परिणामपछि रास्वपाले सरकारलाई दिईराखेको समर्थन फिर्ता लिने संकेत गरेको छ । काठमाडौं फर्केर चुनावी समीक्षा गर्ने र सरकारलाई कायमै राखेको समर्थनका बारेमा निर्णय लिने सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् ।

उपचुनावले सरकारको अंकगणितमा खास फरक नपरेपनि लामिछानेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएभने फेरी विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दबाब भने बढ्नसक्छ ।

तर लामिछानेले समर्थन फिर्ता लिदा पनि रास्वपाबाहेककै दलको समर्थन पनि स्पष्ट बहुमत रहेको छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १ सय ३८ ले साथ दिँदा सरकारलाई बहुमत पुग्छ । उनी नेतृत्वको सरकारमै अहिले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी र लोसपा छन् ।

सरकारमा सहभागी दलहरुकै सांसद १४९ छ । तर चुनावी परिणाम सार्वजनिक भएपछि सत्ता फेरबदलको कोशिश नहोला भन्न सकिने अबस्था भने छैन । तर कांग्रेसले साथ दिदासम्म भने सरकारलाई कुनै समस्या पर्नेछैन ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ९ : ३१ बजे