Logo

मनोरञ्जन

‘भ्यालेन्टाइन डे’मा कार्कीको ‘आभारी छु’ गीत सार्वजनिक



काठमाडौं । आनन्द कार्की, बिगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सम्मानित ब्यक्तित्व हुन । उनै सदबहार बरिष्ठ गायक कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमी प्रेमिकाका प्रति समर्पित गर्दै नयाँ गीत ‘आभारी छु’ सार्वजनिक गरेका छन । उनले यो गीत आफनै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन ।  गीतकार दीप गिरी तथा बरिष्ठ संगीतकार राजु सिंहको संगीत  रहेको उक्त गीतलाई चाँद सिंहले एरेन्जर गरेका छन् । मोहन कुमार झिल्लुको  छायाँकन रहेको तथा श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : १२ बजे