Logo

Breaking News 1

दोलखा प्रदेश सभा (ख) मा एमालेका केसी विजयी



काठमाडौं । दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे ।

कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए । यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । लामा कांग्रेस दोलखाका सभापति हुन् । उनले आफूलाई अन्तर्घात गरेर हराइएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १२ : ४६ बजे