Logo

Breaking News 1

वडाध्यक्ष हारेका गुरुङ मुस्ताङ प्रदेश सभा ‘क’ बाट विजयी



मुस्ताङ । गण्डकी प्रदेश सभामा मुस्ताङ (क) मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । नम्डुले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्रधारा विष्टले ७ सय ९३ मत पाएका थिए । उनीहरुबीच २ सय ५५ मत छ ।

नम्डु गुरुङ यसअघि स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ४ को वडाअध्यक्षमा पराजित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ०३ बजे