Logo

Breaking News 1

गण्डकीका मन्त्री आचार्य बर्खास्त, मुख्यमन्त्री कार्यालयका प्रवक्ता भन्छन् – थाहा छैन


२२ कार्तिक २०७९, मंगलबार  

207
Shares

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाएका छन् ।

तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताए । मन्त्री आचार्यको बर्खास्तगीबारे प्रदेश प्रमुख कार्यालयमा बुझ्न भन्दै उनी पन्छिए । ‘मन्त्री बर्खास्तबारे मलाई जानकारी छैन,’ उनले भने, ‘यसबारे आधिकारिक धारणा आउला नि, एकपटक प्रदेश प्रमुख कार्यालयमा बुझ्नुस् न ।’

प्रदेश प्रमुख कार्यालयमा पनि बुझौँला, तर मुख्यमन्त्री कार्यालय मन्त्री आचार्यलाई बर्खास्त गरेको हो कि होइन ? तपाईं पनि आधिकारिक हो नि भन्दै प्रश्न गरेपछि प्रवक्ता अर्यालले फोन काटेर जवाफ नदिई पन्छिए ।

स्रोतका अनुसार मन्त्री आचार्य बर्खास्त भएको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । उनीमाथि माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेको छ । उनी नेपाल समाजवादी पार्टीका सांसद हुन् । उनी आगामी निर्वाचनमा पनि उम्मेदवार हुन चाहन्थे । तर पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दर्ता गरेर पछि फिर्ता लिएका थिए । सोही कारण उनी सत्तागठबन्धनसँग रुष्ट हुँदै आएका छन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : ०१ बजे