Logo

खेलकुद

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको हाप्किडो खेल प्रदर्शनी तथा रेफ्री सेमिनार पोखरामा सम्पन्न


४ कार्तिक २०७९, शुक्रबार  

414
Shares

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको नेपाल हाप्किडो संघले हाप्किडो खेल प्रदर्शनी र राष्ट्रिय प्रशिक्षक, लिडरसिप तथा रेफ्री सेमिनार गण्डकी प्रदेश, पोखरामा सम्पन्न भएको छ । नेपाल हाप्किडो संघको आयोजना र गण्डकी प्रदेश हाप्किडो संघको सह–आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले उद्धाटन गरेका थिए ।

ग्लोबल हाप्किडो एसोसियनका संस्थापक अध्यक्ष सिनियर ग्राण्डमास्टर ही क्वाल ली, साउथ एसियन हाप्किडो महासंघ तथा नेपाल हाप्किडो संघका संस्थापक अध्यक्ष तथा केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगर इण्डियन हाप्किडो महासंघका अध्यक्ष तथा इण्डिया ओलम्पिक एसोसियसनका कोषाध्यक्ष आनन्देश्वर पाण्डे, इण्डियन हाप्किडो महासंघका कोषाध्यक्ष अमनदिप यादव, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तथा नेपाल ओलम्पिकका कमिटी केन्द्रिय उपाध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य तथा नेपाल हाप्किडो संघ, गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापा मगरलगायतको उपस्थित थियो ।

अमरसिंह चोकबाट पञ्चेबाजा र झाँकीसहितको र्‍याली बुद्धचोकको कान्तिपुर पार्टी प्यालेसमा आयोजित कार्यक्रम हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो, भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जुना थापाले गरेकी थिइन् । सात प्रदेशका सिमित उपलब्ध ५०० प्रशिक्षक तथा रेफ्रीहरुको उपस्थित भएको कार्यक्रममा हाप्किडो खेलको डेमो प्रदर्शनी, हाइफल तथा लङफल, फाइट र विपन टेक्निकको सेल्फ डिफेन्सको प्रदर्शनी भएको थियो । ४ दिन सम्म आयोजना भएको प्रशिक्षक लिडरशिप र रेफ्री रिफ्रेसर सेमिनारमा सिनियर ग्राण्डमास्टर हि क्वान लि, सिनियर मास्टर काली बहादुर घर्तीमगर, मास्टर सुस्मिता गुरुङ, मास्टर भुवन बुढा मगर र मास्टर प्रबिन गुरुङले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ८ : १९ बजे