Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी


२८ भाद्र २०७९, मंगलबार  

1.5k
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्थाअनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि बैकले आवेदन आह्वान गरेको हो ।

११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागिएको र आवेदन बैंकको वेभसाइटमा गएर सात दिनभित्र भर्न सकिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ३० बजे