काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले कुनै पनि स्थानमा विवाद भएको सूचना नपाएको बताए ।
उनले एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस हुने भए पनि यो पटक तीन जना भन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको बताए ।
उनले यसरी तीन जना भन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी सम्भावित उम्मेद्वार भनेर प्रदेश कमिटिको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए । उपाध्यक्ष पाण्डेले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताए ।
उनले देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफासिर भएका उमेद्वारले सोच्ने बताए ।
पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेद्वार टुंगो लाग्ने बताए ।
प्रतिक्रिया